PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको अग्रता कायमै



पहिलोपोस्ट

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको अग्रता कायमै

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म १६ हजार ५४७ मतगणना भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्।

काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा गणना भइरहेका छन्।

विराजभक्त श्रेष्ठले ५ हजार २८५ मत ल्याउँदा लौरो चुनाव चिह्नमा निर्वाचन लडेका सुमन सायमिले ४ हजार २५३ मत ल्याएका छन्। नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २ हजार ११० मत पाएका छन्।

यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा जीवनराम श्रेष्ठले जितेका थिए। यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका जीवनरामले हालसम्मको गणनामा भने २ हजार ८९ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell