
काठमाडौं : डडेल्धुराको पछिल्लो अपडेटअनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। ११ हजार ३७० मत गन्दा देउवाको मत स्वतन्त्रका सागर ढकालको भन्दा दोब्बरले अघि छ।
हालसम्म देउवाले ५ हजार ७८७ मत पाउँदा ढकालले २ हजार ७९७ मत पाएका छन्। यता कांग्रेस बीपीका कर्णबहादुर मल्लले १ हजार ६९० मत पाएका छन्।