PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

इरानी फुटबल टोलीले किन अस्वीकार गर्‍यो राष्ट्रिय गान गाउन?



पहिलोपोस्ट

इरानी फुटबल टोलीले किन अस्वीकार गर्‍यो राष्ट्रिय गान गाउन?
Photo: AFP

फिफा विश्वकपमा अन्तर्गत सोमवारको खेलअघि इरानको राष्ट्रिय टोलीले इङ्ग्ल्याण्डसँगको खेल अघि राष्ट्रिय गान गाउन अस्वीकार गर्‍यो। इरानमा चलिरहेको सरकार विरोधी आन्दोलनको समर्थनमा इरानी टोलीले राष्ट्रिय गान गाउन अस्वीकार गरेको हो। सो क्रममा ‘महिला, जीवन र स्वतन्त्रता’ भन्ने संकेतहरु देखाएका थिए।

इरानको स्टेट टेलिभिजनले यो दृश्य कटाएर त्यसअघिको स्टेडियमको वाइड सट देखाएको थियो।

पछिल्लो समय इरानमा खासअघि महिलाको विषयलाई लिएर ठूला आन्दोलन चर्किएका छन्। सेप्टेम्बरमा हिजाबसम्बन्धी कडा नियम तोडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकी २२ वर्षीया महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि त्यहाँको आन्दोलन उत्तेजित भएको हो।

मानवअधिकारकर्मीहरूले इरानको सुरक्षा बलले गरेको कारबाहीमा ४०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको र १६ हजार ८०० जनालाई गिरफ्तार गरिएको बताएका छन्।

इरानका नेताहरूले विरोध प्रदर्शनहरू देशका विदेशी शत्रुहरूले आयोजना गरेको ‘दंगा’ भएको दाबी गर्दै आएका छन्।

इरानी फ्यानहरूले पहिलो हाफमा पूर्व फुटबलर ‘अली करीमी’को नारा लगाएको सुन्न सकिन्छ जो इस्लामिक गणतन्त्रका सबैभन्दा स्पष्ट आलोचकहरू मध्ये एक हुन् र आन्दोलनको सबैभन्दा लोकप्रिय अनुहारहरू मध्ये एक हुन्।

फ्यानहरूले ‘बे-शराफ’ भन्ने नारा पनि लगाएका छन्, जसको अर्थ फारसीमा अपमानजनक भन्ने हुन्छ। यो एक विशेषण हो जुन प्रदर्शनकारीहरूले इरानमा सुरक्षा बलहरूविरुद्ध प्रयोग गरेका छन्।

इरानका सरकारका विपक्षीहरूले फुटबल टोलीको आन्दोलनलाई खुलेर समर्थन नगरेको र गत हप्ता राष्ट्रपति इब्राहिम रायसीसँग भेट गरेकोमा आलोचना गर्दै आएका थिए।

खेल अघि बोल्दै, इरानका कप्तान एहसान हजसाफीले भने कि खेलाडीहरूले मृत्यु भएकाहरूलाई ‘समर्थन’ गर्छन्।

इरानमाथि इङ्ग्ल्याण्डको फराकिलो जित

फिफा विश्वकप २०२२ अन्तर्गत गएरातिमा सम्पन्न समूह ‘बी'को खेलमा  इरान इङ्ग्ल्याण्ड पराजित बन्यो। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले ६-२ गोलको फराकिलो जित निकालेको हो।

इङ्ग्ल्याण्डको जितमा बुकायो साकाले दोहोहो गोल गर्दा जुड बेलिङ्घम, रहीम स्ट्रलिङ, मार्कस रासफोर्ड र ज्याक ग्रिलिसले समान एक गोल गरे। खेलको ३५ औं मिनेटमा बेलिङ्घमको गोलमा इङ्ग्ल्याण्डले अग्रता बनाएको थियो। ४३ औं मिनेटमा साकाले अग्रता दोब्बर बनाउँदा पहिलो हाफको इन्ज्युरी समयमा रहिम स्ट्रलिङले गोल थपे।

दोस्रो हाफमा साकाले नै आफ्नो ब्यक्तिगत दोस्रो तथा इङ्ग्ल्याण्डको चौथो गोल गरे। उनले ६२ औं मिनेटमा गोल गर्दा इरानका मेहदी तरेमीले ६५ औं मिनेटमा गोल फर्काए। तर, खेलमा फर्कन इरानलाई तरेमीको गोल पर्याप्त बन्न सकेन। खेलको ७१ औं मिनेटमा रासफोर्ड र ८९ औं मिनेटमा ग्रिलिसले गोल उल्टै इङ्ग्ल्याण्डका लागि गोल थप्दै आधा दर्जन गोल पुरा गरे। तरेमीले नै फेरि इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल फर्काएका थिए।

जितसँगै इङ्ग्ल्याण्डले जितसँग विश्वकपमा सुखद सुरुवात गरेको छ। समूह बी मा इरान र इङ्ग्ल्याण्डसँगै वेल्स र अमेरिका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell