
काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले निरन्तर अग्रता कायम राखेका छन्। सोमवार साँझबाट थालिएको मतगणनाको पछिल्लो परिणामअनुसार ६ हजार ८०० मत गन्दा बस्नेतले ३ हजार ८९३ मत पाएका छन्। यता एमालेका शेरबहादुर तामाङले २ हजार २३५ मतमात्र पाएका छन्।
एमालेले जितेको पालिका इन्द्रावतीबाट मतगणना थालिएको हो। यहाँ एमालेले जितेको वडाबाटै कांग्रेसका बस्नेतलाई मत राम्रो आएको देखिन्छ।