PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रवीन्द्र मिश्रसँगको मतान्तरबारे प्रकाशमानको टिप्पणी : झन्डै - झन्डै गोल हानेको भन्याजस्तै हो यो



प्रवीण रानाभाट

रवीन्द्र मिश्रसँगको मतान्तरबारे प्रकाशमानको टिप्पणी : झन्डै - झन्डै गोल हानेको भन्याजस्तै हो यो

काठमाडौं : चौथोपटक संसदमा निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंहले आफूलाई मतदाताले विश्वास गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्। काठमाडौंको ठमेलस्थित आफ्नै निवास चाक्सीबारीमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले मतदातासँग विश्वास बढेकोसमेत बताए।

'काठमाडौं १ सचेत मतदाताले मलाई फेरि विजय गराउनुभएको छ। जनप्रतिनिधिबीच र मतदाताबीचको सम्बन्धले विश्वास बढाएको देखाउँछ,' नेता सिंहले भने, 'कामको एप्रिसिएसन भएको मैले महासुस गरेको छु।'

आफू प्रतिबद्धतापत्रअनुसार काम गर्न तयार रहेको र संविधान जोगाउन लागि पर्नेसमेत सिंहले बताए। 'पहिलो काम संघीयता कार्यान्वयमा जोड रहनेछ। संघीय सरकार प्रान्तीय सरकारलाई जारी भएको संविधानअनुसार प्रभावकारी ढंगले कार्यान्वयन गर्नमा जोड गर्नेछौ,' उनले भने।

अबको संसदीय बाटो कस्तो हुनेछ, प्रधानमन्त्रीको आकंक्षाबारे के हो?

सञ्चारकर्मीले राखेको प्रश्नमा उनले आफूले अघिल्लो संसदमै यसका लागि प्रयास गरेको बताए। यसपटक कांग्रेसको चुनावी परिणामपछि परिस्थिति हेरेर अघि बढ्ने सिंहको भनाई रह्यो।

'पहिलो पनि संसदीय दलमा भिडेकै हुँ। परिस्थितिलाई अध्ययन गरेर पार्टीलाई के गरेर राम्रो हुन्छ त्यसरी अघि बढ्छु,' सिंहले भने, 'दाबी त अघिल्लो पटक गरेकै हुँ। देशभरीको रिजल्ट आउँछ। त्यो हेरेर अघि बढ्छु।'

सिंह यस निर्वाचनमा ७ हजार १४० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित उनलाई सञ्चारकर्मीले झिनो मत ल्याएर जित्नुभयो, मिश्रलाई के भन्नुहुन्छ भनी प्रश्न गरे।

'झिनो भारी भनेको के हो। एक मत बढी नै भए पनि जितिन्छ नि,' जवाफमा प्रकाशमानले भने, 'फुटबल म्याचमा झन्डै झन्डै गोल हानेको जस्तो भन्या जस्तै हो यो।' अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell