PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प : १६२ जनाको मृत्यु, सयौँ मानिस घाइते



पहिलोपोस्ट

इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प : १६२ जनाको मृत्यु, सयौँ मानिस घाइते
Photo: AFP

इन्डोनेसियामा भूकम्प जाँदा १६२ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको वेस्ट जाभामा भूकम्प जाँदा सयौँ मानिसहरु घाइते भएका छन् भने कही मानिसहरु भत्किएका घरमा पुरिएको आँकलन गरिएको द जकर्ता पोस्टले उल्लेख गरेको छ।

सोमवार गएको ५.६ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सियानजुर नजिक रहेको थियो। उक्त क्षेत्रमा भवनहरू ढलेर तथा पहिरोमा परेर अधिकांश पीडितको मृत्यु भएको थियो।

अधिकांश ग्रामीण तथा पहाडी क्षेत्रका सडक सम्पर्क र विद्युत आपूर्ति अवरुद्ध भएकाले खोजी कार्य थप चुनौतीपूर्ण बनेको छ। मंगलवार दर्जनौँ उद्धारकर्ताहरूले कुगेनाङ गाउँमा पहिरोले रोकिएका सियानजुर जाने बाटो खुला गर्ने प्रयास गरेका थिए।

राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सी (बीएनपीबी)ले सोमवार रातिसम्म कम्तिमा २५ जना सियानजुरमा भग्नावशेषमुनि पुरिएको बताएको छ। बाँचेकाहरू तिनै भग्नावशेष नजिकै अन्धकारमा क्याम्प लगाएर रात बिताएका थिए।

बीएनपीबीले २ हजारभन्दा बढी घरहरू क्षतिग्रस्त भएको बताएको छ। वेस्ट जाभाका गभर्नर रिदवान कामिलले १३ हजारभन्दा बढी मानिसहरूलाई विस्थापित केन्द्रहरूमा लगिएको बताए।

भूकम्पको धक्का करिब १५० किलोमिटर उत्तरपश्चिममा रहेको राजधानी जकार्तासम्म महसुस गरिएको थियो। भूकम्पपछि डाक्टरहरूले अस्पताल बाहिर बनाइएका अस्थायी उपचार वार्डहरूमा बिरामीहरूको उपचार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell