PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

काठमाडौं क्षेत्र नम्बर ५ मा प्रदीप पौडेल इश्वर पोखरेलको मतभन्दा १८ सय मतले अगाडी



पहिलोपोस्ट

काठमाडौं क्षेत्र नम्बर ५ मा प्रदीप पौडेल इश्वर पोखरेलको मतभन्दा १८ सय मतले अगाडी

काठमाडौंः काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका छन्।

अठार हजार सात सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको ६ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिए ।

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो। काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell