PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

मत गनिनसक्दै गगन थापाले गरे जित पक्का



पहिलोपोस्ट

मत गनिनसक्दै गगन थापाले गरे जित पक्का

काठमाडौं : काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापाको जित पक्का भएको छ। ५ हजार ४६३ मत गन्न बाँकी रहँदै गगनले प्रतिद्वन्द्वी एमालेका डा राजन भट्टराईलाई पछि पार्दै जित पक्का गरेका हुन्।

४३ हजार ३९६ मत गन्दा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ। गगनले २० हजार ४१७ मत पाउँदा भट्टराईको १३ हजार ३२ मत पाएका छन्। यस क्षेत्रमा ४८ हजार ८५९ कुल मत खसेको थियो। अघिल्लोपटक पनि गगनले राजनलाई पराजित गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell