PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा आज पुनः मतदान हुँदै



पहिलोपोस्ट

गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा आज पुनः मतदान हुँदै

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका-२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका-६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ।

स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुनः मतदान भइसकेको छ।

स्थगित भएकामध्ये बाजुराको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा पुनः मतदानको मिति तय हुन बाँकी रहेको छ। बाजुरामा मतदान भइसकेको कतिपय मतदानस्थलबारे विवाद जारी हुँदा मतगणनामा ढिलाइ भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell