PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

ललितपुर-१ मा राणाले सिलवाललाई पछि पारे, क्षेत्र-३ मा तोसिमाले कति मत ल्याइन् ?



पहिलोपोस्ट

ललितपुर-१ मा राणाले सिलवाललाई पछि पारे, क्षेत्र-३ मा तोसिमाले कति मत ल्याइन् ?

काठमाडौं : ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतत्गरत्णरनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा छन्। निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार सात सय ३९ मत प्राप्त गरेका छन्।

यता, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ३४ मत प्राप्त गरेका छन्।

ललितपुर-३ मा तोसिमा अघि

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की अग्र स्थानमा छिन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले पछिल्लो मतगणनामा चार हजार नौ सय १० मत प्राप्त गरेका छन्।

नेकपाका अमृत खड्काले तीन हजार आठ सय ४५ मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले दुई हजार दुई सय २८ मत प्राप्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell