PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

धनुषा निर्वाचन क्षेत्र ४ मा आजबाट सुरु भयो मतगणना



पहिलोपोस्ट

धनुषा निर्वाचन क्षेत्र ४ मा आजबाट सुरु भयो मतगणना

जनकपुरधाम : धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं ४ को मतगणना सुरु भएको छ। मतगणनामा खटिने पार्टी प्रतिनिधिको विषयमा भएको विवाद साम्य भएपछि आज बिहान ११:३० बजेबाट मतगणना सुरु भएको हो।

स्थानीय तहमा निर्वाचित भएका पदाधिकारीहरु बस्न पाउने-नपाउने विषयमा हिजोदेखि विवाद भएको थियो। आज मतगणना गर्नेमा दलहरुबिच सहमति भएको हो। निर्वाचित जनप्रतिनिधि मतगणनाका लागि प्रतिनिधि बस्न नपाउने आयोगको निर्देशन आएपछि मतगणना सुरु भएको हो।

जिल्लाका अन्य सबै निर्वाचन क्षेत्रको मतगणना हिजैबाट भइरहेको छ। 

धनुषाको निर्वाचन क्षेत्र नंं ४ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादव पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार छन् भने नेकपा एमालेबाट पार्टीका सचिव रघुवीर महासेठ उम्मेदवार रहेका छन्। त्यसैगरि जनता समाजवादी पार्टी नेपालका तर्फबाट महाजन यादव प्रतिनिधिसभा तर्फ उम्मेदवार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell