PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

सप्तरी २ 'ख' मा जनमतका महेश विजयी, 'क'मा जनमतकै उम्मेदवारको अग्रता



पहिलोपोस्ट

सप्तरी २ 'ख' मा जनमतका महेश विजयी, 'क'मा जनमतकै उम्मेदवारको अग्रता

जनकपुरधाम : जनमत पार्टीले प्रदेशसभा तर्फ मधेश प्रदेशमा खाता खोलेको छ। सप्तरीको निर्वाचन क्षेत्र नं. २ को ‘ख’ मा जनमतका उम्मेदवार निर्वाचित भएका छन्। यस्तै, ‘क’ मा सतिश कुमार सिंहले धेरै मतान्तरसहित अग्रता कायम गरेका छन्। 

सप्तरी २ (ख) मा  महेश प्रसाद यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत ल्याए। 

यस्तै, सप्तरी २ को ‘क’ मा ४९ हजार ९१८ मतदाता रहेकोमा ३४ हजार ६७८ जनाले मतदान गरेका थिए। हालसम्म २८ हजार ३६९ सदर मतको गणना हुँदा जनमतका सतिशले १४ हजार ३२२ मत ल्याएका छन्। जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साह ६ हजार ७४९ मतसहित दोस्रो स्थानमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell