
काठमाडौं : नेकपा एकीकृत समाजवादीका ६ नेताले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका मतगणनामा अग्रता कायम गरेका छन्।
रौतहट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा माधव नेपालले ५ हजार ४४५ मत ल्याएर अग्रता कायम गरेका छन्। उनलाई नेकपा एमालेका अजय गुप्ताले पछ्याइरहेका छन्। गुप्ताको मत ४ हजार ८७३ छ।
बारा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठले २ हजार ७०० मत ल्याएर अग्रता कायम गरेका छन्।
एमालेका एक वाल मियाँको २ हजार १८३ मत छ।
धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ५ हजार ३७१ मत ल्याएर अग्रता बनाएका छन्। एमालेका भूमिप्रसाद त्रिपाठीले ५ हजार १८८ मत ल्याएर पछ्यारहेका छन्।
अछाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा पनि एकीकृत समाजवादीका शेरबहादुर कुँवरले १ हजार ९३१ मत ल्याएर अग्रता कायम गरेका छन्। एमालेका झपटबहादुर बोहोराले १ हजार ४ सय ५० मत ल्याएर पछ्याइरहेका छन्।
दाङ-१ बाट मेटमणि चौधरीले अग्रता कायम गरेका छन्। उनको मत २ हजार २ सय ४० छ। एमालेका शान्ता चौधरीले हालसम्म १ हजार ४५९ मत ल्याएकी छिन्।
कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट एकीकृत समाजवादीका श्रीनाथ बराल १२ हजार ३८८ मत ल्याएर अग्रस्थानमा छन्। रास्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेललाई ३ हजार ५४९ मत ल्याएर पछ्याइरहेका छन्।
एकीकृत समाजवादीका प्रकाश ज्वाला सल्यान-१ बाट ११ हजार ७९६ मत ल्याएर अग्रता कायम गरिरहेका छन्। उनलाई पछ्याउनेमा स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह छन्। शाहको मत ५ हजार ५४५ मत छ। एकीकृत समाजवादीले २१ ठाउँमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको थियो। त्यसमध्य ६ ठाउँमा मात्रै अग्रता बनाएको हो।