PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

‘बहकिने मन’ का प्रस्तोता महावीर विश्वकर्मा रहेनन्



पहिलोपोस्ट

‘बहकिने मन’ का प्रस्तोता महावीर विश्वकर्मा रहेनन्

काठमाडौं : कलाकार एवम् संचारकर्मी महावीर विश्वकर्माको निधन भएको छ। चितवनबाट काठमाडौं फर्किँदा दुर्घटनामा परि उनको मृत्यु भएको रंगकर्मी केदार श्रेष्ठले जानकारी दिए।

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता रहेका महावीर पछिल्लो समय राजनीतिसँगै जात व्यवस्था उन्मुलन अभियानमा सक्रिय थिए। चितवन राप्ती नगरपालिका-४ डडुवा घर भएका उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यसमेत थिए।

केदार महावीरको निधनसँगै नेपाली समाजले एक प्रष्ट वक्ताका साथै कलाकार गुमाएको बताउँछन्। राजनीतिक र सामाजिक अभियान्ताका साथै महावीर एक रंगकर्मी रहेको उनको भनाइ छ।

‘महाविर अध्ययनशिलका साथै प्रष्ट विचार भएको व्यक्ति हो। साथै कलाकार पनि। गजल, कविता साथै नाटकमा पनि महाविरको चासो थियो। महाविरले कीर्तिपुर रंगमञ्च थिएटरले तयार पारेको विभिन्न नाटकहरुमा समेत अभिनय गरेको थियो,’ उनले भने।

केदारका अनुसार महावीरले सुरुमा एन्टिना फाउन्डेसनमा रेडियो नाटकहरु लेख्ने काम गर्थे। पछि उनले सर्वनाम थिएटरमा ३ महिना अभिनय प्रशिक्षण लिएर अभिनय गर्न थालेका थिए। महावीरले कथा सारंगी गाउँको, अभान्तर र छिद्र क्यानभास जस्ता नाटकरुमा अभिनय गरेका थिए। साथै उनले सर्ट फिल्महरु समेत निर्माण गरेका  थिए।

उनको निधनमा अहिले कलाकार र रंगकर्मीहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell