विराटनगर : मोरङको जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेका घनश्याम खतिवडा ७ सय मतले अगाडि छन्।
एमालेका खतिवडाले २ हजार ७४१ मत ल्याउँदा नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले २ हजार ३२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठले १ हजार २१७ मत ल्याएका छन्।
यस्तै, क्षेत्र नम्बर २ मा पनि एमालेका ऋषिकेश पोखरेल अगाडि देखिएका छन्। पोखरेलले २ हजार ७ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुजाता कोइरालाले २ हजार ३२८ मत हासिल गरेका छन्। क्षेत्र नम्बर २ मा पनि रास्वपा तेस्रो छ। रास्वपाका ठगेन्द्रप्रसाद न्यौपानेले २८८ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मा फराकिलो मतान्तरले अगाडि बढेका छन्। डा. शर्माले ३ हजार १३२ मत ल्याउँदा एमालेका भानुभक्त ढकालले १ हजार ५७३ मत हासिल गरेका छन्। यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रेखा थापाले ९०६ मत प्राप्त गरेकी छिन्।
क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक–वाम गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले आफ्नो मतान्तर बढाउँदै लगेका छन्। मोदीले ७ हजार १९९ मत हासिल गर्दा एमालेका विनोद ढकालले ४ हजार ९६७ मत ल्याएका छन्। राप्रपाका रवि रिजालले यहाँ ३७८ मत ल्याएका छन्।
क्षेत्र नम्बर ५ मा एमालेका वागी भएर स्वतन्त्र उठेका योगेन्द्र मण्डल अगाडि छन्। योगेन्द्रले ४ हजार १२२ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका राजकुमार यादवले ३ हजार ६५५ र माओवादी केन्द्रका शिवकुमार मण्डलले ३ हजार ५९० मत ल्याएका छन्।
क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले २ हजार ७८५ मत ल्याएर अग्र स्थान हासिल गरेका छन्। दोस्रो स्थानमा २ हजार ३८० मतसहित एमालेका लालबाबु पडित र तेस्रोमा रास्वपामा यादवकुमार प्रधानले ८६४ मत प्राप्त गरेका छन्।