PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

विश्वकपमा अर्जेन्टिनाको खेल आज दिउँसो, कुन कुन खेल हुँदैछन्?



पहिलोपोस्ट

विश्वकपमा अर्जेन्टिनाको खेल आज दिउँसो, कुन कुन खेल हुँदैछन्?
Photo: Reuters

कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले एसियाली प्रतिद्वन्दी साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। समूह 'सी' को खेलमा आज दिउँसो पौने ४ बजे यी दुई टोली लुसइल स्टेडियममा आमनेसामने हुनेछन्।

लियोनल मेस्सीको कप्तानीमा उत्रने अर्जेन्टिना अपराजित यात्रालाई लम्ब्याउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जित्न चाहन्छ। पछिल्ला ३६ खेलयता अर्जेन्टिनाले पराजय व्यहोरेको छैन। अघिल्लो वर्ष कोपा अमेरिका जितेको अर्जेन्टिनालाई यसपाला विश्वकप उपाधिको प्रमुख दाबेदारहरु मध्येमा हेरिएको छ।

अर्कोतर्फ फिफा वरीयतामा ५१ औं स्थानमा रहेको साउदीलाई अर्जेन्टिनालाई रोक्ने चुनौती हुनेछ। साउदीका प्रशिक्षक हेर्भी रेनार्डले विश्वकपमा छनोट हुनु सपना भएको भन्दै ठूला टोलीलाई सक 'रिजल्ट' दिने लक्ष्य रहेको बताए।

'संसारका उत्कृष्ट टोलीहरू सधैं जित्ने उद्देश्यले आउँछन्, तर त्यहाँ सधैं अप्ठ्यारोहरू हुन्छन्। जब तपाईं प्रतियोगितामा साना टोलीहरू मध्ये एक हुनुहुन्छ, तपाईंले 'सकिङ नतिजा'मा भर पर्नु पर्छ' उनले भनेका छन्।

अर्कोतर्फ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले दबाब नभएको भन्दै साउदीको टिमबारे राम्रो जानकारी भएको बताए।

'हामी साउदी अरेबियालाई राम्ररी चिन्छौं। उनीहरू एकदमै राम्रो टोली हुन्, प्राविधिक रूपमा बलियो टोली छन्,' उनले भने, ' यसको माथि, यो हाम्रो विश्वकपको पहिलो खेल हो, जुन सधैं कठिन हुन्छ। तर यो विश्वकप हो र हरेक खेल कठिन छ।'

त्यस्तै आजै हुने दोस्रो खेलमा पौने सात बजे युरोपको डेनमार्क र उत्तरी अफ्रिकी राष्ट्र ट्युनिसिया भिड्दैछ। एजुकेशन सिटी स्टेडियममा समूह 'डी' को यो खेल साँझ पौने ७ बजे सुरु हुँदैछ। यी दुई टोली पहलो पटक आमनेसामने हुन गइरहेका छन्।

कतारपछि विश्वकपमा छनोट हुने तेस्रो टोली डेनमार्क बलमा राम्रो पकड बनाएर खेल्ने टोलीका रुपमा चिनिन्छ। डेनमार्कको विश्वकपमा उत्कृष्ट प्रदर्शन भनेको सन् १९९८ को विश्कवपमा नाइजेरियालाई हराएर क्वाटरफाइनलमा पुग्दा ताकको हो। यद्यपि क्वाटरफाइनलमा रिभाल्डो प्रेरित ब्राजिलले डेनमार्कलाई हराएको थियो।

अर्कोतर्फ 'द क्याथ्रेज एगल्स' नामले परिचित ट्युनिसियाले विश्वकपको समूहचरण पहिलो पटक पार गर्ने लक्ष्यमा हुनेछ। पछिल्लो पटक यी दुई टोली सन् २००२ मा आमनेसामने भएका थिए जसमा डेनमार्कले २-० गोलको जित निकालेको थियो।

आजै हुने तेस्रो खेलमा समूह 'सी' का मेक्सिको र पोल्याण्ड भिड्नेछन्। यी दुई टोलीबीच रास अबोउ अबोउड स्टेडियममा पौने १० बजे खेल सुरु हुनेछ। विश्वकपमा पोल्याण्डले सन् १९७८ को विश्वकपमा ३-१ गोलअन्तरले हराएको थियो।

मेक्सिकोलाई विश्वकपमा अनुभवी टोलीको रुपमा लिइन्छ। तर, उसको पछिल्ला खेलको लय भने सन्तोषजनक छैन। विश्वकपका पछिल्ला ६ मध्ये पाँचमा मेक्सिकोले आफ्नो पहिलो खेलमा जित निकालेको थियो। अघिल्लो विश्वकपमा पनि जर्मनीलाई हराउँदै सानादार सुरुवात गरेको थियो।

अर्कोतर्फ पोल्याण्डले आफ्नो नवौँ विश्वकप खेल्दैछ। सन् १९८६ यताको विश्वकपमा पोल्याण्डले समूह चरण पार गरेको छैन। पोल्याण्डका शीर्ष गोलकर्ता रोबर्ट लेवान्डोस्कीले विश्वकप छनोटको क्रममा ९ गोल गरेका थिए। तर, उनले विश्वकपमा भने गोल गर्न सकेका छैनन्।

मंगलवार राति हुने अन्तिम खेलमा साविक विजेता फ्रान्स र अस्ट्रेलिया आमनेसामने हुनेछन्। खेल पौने १ बजे अल जनुअब स्टेडियममा सुरु हुनेछ।

चोटबाट गुज्रिएको फ्रान्सले यसअघिको विश्वकप उठाउँदा महत्वपूर्ण भूमिका खेलेका खेलाडी गुमाउने छन्। जसमा मिडिफिल्डहरु पउल पोग्बा र एनगोलो कान्टे छन्। त्यस्तै जर्मन बुण्डेसलिगामा सानदार प्रदर्शन गरिरहेका क्रिस्टोफर एनकुनकु र बालोन डि ओर जितेका रियल मड्रिडका स्टार करिम बेन्जेमा टोलीमा रहने छैनन्।

जुन र सेप्टेम्बरमा युइएफए नेसन्स लिगमा आफ्नो ६ खेलमध्ये एउटा मात्र जितेको फ्रान्सले हालको फर्ममा सुधार गर्नुपर्ने देखिन्छ।

अर्कोतर्फ फ्रान्सको प्रतिस्पर्धी अस्ट्रेलियालाई विश्वकपमा छनोट हुन धौधौ परेको थियो। छनोटको दोस्रो चरणमा नेपाललगायतका देशहरुलाई हराएको अस्ट्रेलियाले प्लेअफमा पेरुपमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै छनोट भएको थियो। यसअघिका पाँच विश्वकप सहभागितामा ४ पटक अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको थियो। सन् २००६ मा मात्र समूह चरण पार गरेको अस्ट्रेलियाले १६ खेल खेल्दा २ मात्र जित निकालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell