PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रलाई हराउँदै निर्वाचित भए जनमतका सतिश



पहिलोपोस्ट

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रलाई हराउँदै निर्वाचित भए जनमतका सतिश

जनकपुरधाम : मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह पराजित भएका छन्। सप्तरी क्षेत्र नम्बर २ को (क) बाट उम्मेदवार रहेका साहलाई जनमत पार्टीका सतिश सिंहले पराजित गरेका छन्।

सिंहले १६ हजार ७ सय ३४ मत प्राप्त गरि विजयी  भएका हुन्। साहले ८ हजार २ सय ९२ मत प्राप्त गरेका छन्। प्रदेश सभाको उक्त क्षेत्रको दुवै सिट जनमत पार्टीले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell