PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

गण्डकीका हेभिवेट नेता : अहिलेसम्म कसको कति छ मत?



रिना थापा

गण्डकीका हेभिवेट नेता : अहिलेसम्म कसको कति छ मत?

पोखरा : गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्षदेखि पूर्व गृहमन्त्री र मन्त्री चुनावी मैदानमा छन्। गोरखा क्षेत्र नं २ बाट चुनावमा होमिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रस्थामा छन्। प्रचण्डले ७ हजार ५७ मत ल्याई अग्रस्थानमा रहँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १ हजार ९२९ मत ल्याएका छन्। यस क्षेत्रबाट एमालेका उम्मेदवार अब्दुस मियाँले १६ सय ७६ मत प्राप्त गरेका छन्।

यस्तै लमजुङबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा गण्डकीका पुर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ हजार ६ सय १७ मत ल्याउँदै अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवप्रसाद गुरुङले १७ सय ९७ मत ल्याएका छन्।

यता तनहुँ क्षेत्र नं १ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल झिनो मतले अगाडि छन्। उनले २४ सय ३७ मत ल्याई अगाडि रहँदा एमालेका एकबहादुर राना मगरले २३ सय ४५ मत ल्याएका छन्। यता तनहुँ क्षेत्र नं २ बाट उम्मेदवारी दिएका गण्डकीका पूर्व अर्थमन्त्री एमालेका किरण गुरुङ दोस्रो स्थानमा छन्। कांग्रेसबाट शंकर भण्डारीले १९ हजार २ सय २१ मत ल्याउँदा किरणले १५ हजार ६९० मत प्राप्त गरेका छन्।

कास्की क्षेत्र नं २ मा भने राष्टिय स्वतन्त्र पार्टीले लिड गरिरहेको छ। स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेलले ३५ सय ४९ मत ल्याउँदा एमालेकी विद्या भट्टराईले ३३ सय ९९ मत ल्याएकी छिन्।

कास्की क्षेत्र नं १ क बाट उम्मेदवारी दिएका खगराज अधिकारीको क्षेत्रमा मतगणना सुरु भएको छैन।

यता नवलपूर क्षेत्र नं १ मा पनि कांग्रेसका शंशाक कोइराला ७ हजार १४६ मतले अगाडि छन्। उनका  प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद पौडेलले ६ हजार १९२ मत प्राप्त गरेका छन्।

त्यस्तै स्याङ्जा क्षेत्र नं २ मा पनि विवादका कारण मतगणना सुरु हुन सकेको छैन। सो क्षेत्रबाट एमालेकी पदमा अर्याल मैदानमा छिन्। धाँधली भएको आरोप लगाउँदा हिजो गठबन्धन बाहेकका सबै दलले पत्रकार सम्मेलन गरेका थिए। जसका कारण यसक्षेत्रमा मतगणना सुरु नभईसकेपनि क्षेत्र नं १ मा भने मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell