PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

धनराज गुरुङ र पदमा अर्यालको क्षेत्रमा लफडा : एमालेको माग पुन मतदान, छिटो मत गन्नुपर्ने भन्दै कांग्रेसको धर्ना



पहिलोपोस्ट

धनराज गुरुङ र पदमा अर्यालको क्षेत्रमा लफडा : एमालेको माग पुन मतदान, छिटो मत गन्नुपर्ने भन्दै कांग्रेसको धर्ना
फोटो : युवराज पौडेल

पोखरा : स्याङ्जा क्षेत्र नं २ मा मतगणना अनिश्चित बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेले पुन मतदान गर्नुपर्ने माग राखेपछि मतगणना सुरु हुनसकेको हो। एमालेले मतदानमा धाँधली भएको बताउँदै सोमबार नै पत्रकार सम्मेलन गरेको थियो। एमालेले चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रहरुको ‘बुथ क्याप्चर’ गरी अधिकतम मत खसालेको आरोप लगाएको छ।

एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरुले पनि सोही माग राखेका छन्। मतदानको दिन चापाकोट र गल्याङको बुथमा एकएक राउन्ड हवाई फायर पनि भएको थियो।

उनीहरु निर्वाचन आयोगमा पुन मतदान गर्नुपर्ने माग राख्दै निवेदन नै दिएका छन्। जिल्ला प्रमुख गंगाबहादुर क्षेत्रीका अनुसार एमालेले पुन मतदान गर्नुपर्ने माग राख्दै दिएको निवेदन आयोगमा गएको छ। आयोगको निर्णयपछि नै मतगणनाबारे निश्चित हुने उनले बताए। उक्त पार्टीले निर्वाचन कार्यालय वालिङमा प्रर्दशन गरेको छ। यता कांग्रेसले पनि मतगणना छिटो गर्नुपर्ने माग राख्दै धर्ना दिएको छ।

यसक्षेत्रबाट एमालेकी पदमा अर्यालमा चुनावमा होमिँदा कांग्रेसबाट धनराज गुरुङ छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell