PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यसपटकको विश्वकपमा यति धेरै 'स्टपेज टाइम' किन थपिँदैछ?



पहिलोपोस्ट

यसपटकको विश्वकपमा यति धेरै 'स्टपेज टाइम' किन थपिँदैछ?

फिफा विश्वकपको तेस्रो दिनसम्म आइपुग्दा फुटबल हेरिरहेका सबैले सायद याद गरिरहेको हुनुपर्छ 'स्टपेज टाइम'। चारवटा खेल सकिँदा ६५ मिनेट त थपिएको समय नै छ। अझ सोमवारको इरान र इङ्ग्ल्याण्डबीचको खेल त १ सय ११ मिनेट १६ सेकेन्डसम्म चलेको थियो। उक्त खेलको सुरुमै इरानका गोलकिपर अलिरेजा बेइरानभान्डालाई चोट लागेको थियो। १० मिनेट भन्दा बढी समय खेलमा प्रभावित भएको थियो।

फिफाले यो खेल रोकिएको समयको मात्रलाई अझ सटिक रूपमा अनुगमन गरेर समयको बर्बादीलाई रोक्न गरेको संयुक्त प्रयासको एक हिस्सा भएको बताएको छ। खेल रोकिएको कारणहरूमा इन्ज्युरी टाइम, भिडियो सहायक रेफ्री निर्णयहरू, सब्सिच्युसन, पेनाल्टी र रातो कार्डहरू हुन सक्छन्। र, कतिपय खेलाडीले समय सकाउन जानाजानी ढिलाइ पनि गर्ने गर्छन्।

फिफाको रेफ्री समितिका अध्यक्ष पियर्लुइगी कोलिनाले गत हप्ता फोर्थ अफिसियलहरूलाई कतारमा प्रतियोगिताको क्रममा खेलको क्रममा गुमेको समय ट्र्याक राख्न निर्देशन दिइएको पुष्टि गरेका थिए। यो उनीहरूले सन् २०१८ मा रूसमा अघिल्लो विश्वकपमा पनि गर्न खोजेका थिए।

'रसियामा, हामीले खेलहरूमा गुमेको समयको क्षतिपूर्तिमा थप सटिक हुन कोसिस गर्‍यौं र त्यसैले तपाईंले छ, सात वा आठ मिनेट पनि थपेको देख्नुभयो,' उनले प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा भनेका थिए, सोच्नुहोस्: यदि तपाईंसँग पहिलो हाफमा तीन गोलहरू छन् भने, तपाईंले सेलिब्रेसन सकेर पुन: सुरु गर्न कुल चार वा पाँच मिनेट गुमाउनुहुनेछ।'

ओप्टाका अनुसार यो विश्वकपका सोमवारको चारवटा 'हाफ' सन् १९६६ यताकै सबैभन्दा लामा हाफ बने।

इङ्ग्ल्याण्ड र इरानको फस्ट हाफमा थपेको समय - १४ मिनेट/ सेकेन्ड हाफमा थपेको समय - १३ मिनेट

यूएसए र वेल्सको सेकेन्ड हाफमा थपेको समय - १० मिनेट

सेनेगल र नेदरल्याण्ड्सको सेकेन्ड हाफमा थपेको समय - १० मिनेट

सामाजिक सञ्जालमा यस विषयले हलचल पैदा गरेको छ। केही समर्थकहरूले समय बर्बाद नगर्न फिफाको प्रयासको प्रशंसा गरेका छन् तर अरूले यो अनावश्यक रूपमा लामो खेलहरूको लम्ब्याइएको महसुस गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell