PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

काठमाडौं ७ को मतगणना सुस्त : घण्टीको अग्रता, एमाले र माओवादी पछ्याउँदै



पहिलोपोस्ट

काठमाडौं ७ को मतगणना सुस्त : घण्टीको अग्रता, एमाले र माओवादी पछ्याउँदै

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन्। प्रनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार ४४५ मत प्राप्त गरि अग्रता लिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्।

कूल १४ हजार ७३१ मतगणना हुँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे छन्। घिमिरेले तीन हजार ३५४ र लोकतान्त्रिक वाम-गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले दुई हजार ६९६ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताइन्।

काठमाडौं क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ म्तदान केन्द्रमा मतदान भएको थियो। ६१ हजार २९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार ६ सय मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए।

काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये सुरुमै काठमाडौं ७ को मतगणना सुरु भएको थियो। तर, अहिलेसम्म यो क्षेत्रमा ५० प्रतिशत मत समेत गणना हुनसकेको छैन। मतगणना सुस्त भएको भन्दै अहिले आलोचना पनि भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell