
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुवाती खाता खोलेको छ। काठमाडौं क्षेत्र नं २ (क) मा राप्रपाका सुनिल केसी पाँच हजार २९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए।
उनका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गरेका छन्। केसी एक हजार पाँच सय १५ मत अन्तरले विजयी भएका हुन्। श्रेष्ठ यसअघि वाग्मती प्रदेशसभाका सभामुख थिए। प्रदेशसभा ‘ख’ को पनि मतगणना भइरहेको छ।
प्रतिनिधिसभाको गणना जारी
प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नं २ को मतगणना जारी छ। २५ हजार ४४६ मतगना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम ७ हजार १८७ मतका साथ अग्रस्थानमा छिन्। नेकपा (एमाले)का उम्मेदवार मणिराम फुँयाल ५ हजार ४९० मत ल्याएर दोस्रो स्थानमा छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तादेवी पोखरेलले ५ हजार ५१ मत ल्याएर तेस्रो स्थानमा छिन्। माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले ४ हजार ९२९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिइन्।