
काठमाडौं : कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभातर्फका नेपाली कांग्रेसका उम्मेदवार एनपी (नारायण प्रसाद) साउदले अग्रता लिइरहेका छन्।
१६ हजार ५९५ मत गणना हुँदा साउदले ६ हजार ७६८ मत ल्याएका हुन्। उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले भने ५ हजार ६७९ मत पाएका छन्।
कृष्णपुर नगरपालिका १, २, ३, ४, ५ र ६ को पछिल्लो मतगणना अनुसार साउद धामीभन्दा १ हजार ८९ मतअन्तरले अगाडी छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अशोक बहादुर बिष्टले भने १ हजार ४१ मत प्राप्त गरेका छन्।
२०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिष्पर्धा भएको थियो। उक्त निर्वाचनमा धामीले विजय हासिल गरेका थिए।