विराटनगर : मोरङको क्षेत्र नम्बर ५ मा एमालेबाट विद्रोही भएर स्वतन्त्र उठेका योगेन्द्र मण्डल (जोगी) ले आफ्नो अग्रता कायमै राखेका छन्।
निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो परिणामअनुसार जोगीले ७ हजार २३६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल केवटले ४ हजार ८१३ मत प्राप्त गरेका छन्।
तेस्रोमा जनता समाजवादी पार्टीका राजकुमार यादवले ४ हजार ५०७ मत हासिल गरेका छन्।
प्रदेशसभाको क तर्फ नेपाली कांग्रेसका गयानन्द मण्डल ११ हजार १०५ मत प्राप्त गरेर अग्र स्थानमा छन्। उनलाई एमालेका सन्तोषकुमार शाहले ७ हजार ७९९ मतका साथ पछ्याइरहेका छन्।
क्षेत्र नम्बर ५ को १ लाख २६ हजार ७६१ मतदातामध्ये ८५ हजार ८२७ मत खसेको छ ।