PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

विश्वकपमा साउदी अरेबियाको उत्कृष्ट प्रदर्शन, पराजित भयो उपाधि दाबेदार मानिएको अर्जेन्टिना



पहिलोपोस्ट

विश्वकपमा साउदी अरेबियाको उत्कृष्ट प्रदर्शन, पराजित भयो उपाधि दाबेदार मानिएको अर्जेन्टिना

काठमाडौं : विश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा साउदी अरेबियाले विजयी सुरुवात गरेको छ। यसपटकको उपाधी दाबेदार मानिएको अर्जेन्टिनालाई साउदीले २-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको १० औं मिनेटमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पेनाल्टीमा पाएको अवसरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। 

दोस्रो हाफमा साउदीले पुनरागमन गर्दै दुई गोल गर्न सफल रह्यो। खेलको ४८ औं मिनेटमा सलेह अलसेरीले गोल गर्दै साउदीलाई बराबरीमा ल्याएका थिए। त्यस्तै ५३ औं मिनेटमा सलिम अल्दवसरीले गोल थप्दा विश्वकप उपाधिको दाबेदार मानिएको अर्जेन्टिना एसियाली राष्ट्र साउदीसँग पराजित भएको हो। 

समूह 'सी' मा साउदीसँगै अर्जेन्टिना, मेक्सिको र पोल्याण्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell