PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पश्चिम नवलपरासी २ मा राप्रपाका प्रधानको अग्रता कायमै, दाङ २ मा शंकर पोखरेलभन्दा रेखा शर्मा कति अगाडि?



पहिलोपोस्ट

पश्चिम नवलपरासी २ मा राप्रपाका प्रधानको अग्रता कायमै, दाङ २ मा शंकर पोखरेलभन्दा रेखा शर्मा कति अगाडि?

बुटवल : पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले दोब्बर बढी मतले अग्रता कायम गरेका छन्। उनले ६ हजार ८९६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले २ हजार ८६४ मत पाएका छन् भने एमालेका दीपेन्द्र अधिकारीले १ हजार ५२२ मत ल्याएका छन्।

यसअघि नेपाली कांग्रेसका नेता कँडेलले जित्दै आएको यस क्षेत्रमा अहिले प्रधानको जित निश्चित देखिएको बताइन्छ। प्रदेशसभा क मा पनि राप्रपाका आशिष प्रधानले ४ हजार ५८७ मतसहित अग्रता लिएका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टीका भवानी शंकर चौधरीले २ हजार ७३९ र लोकतान्त्रिक समाजवादी पार्टीका पंचराम चौधरीले २ हजार ७८ मत पाएका छन्। एमालेका थान प्रसाद गैरेले १ हजार ८१६ मत पाएका छन्।

यस्तै, दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले झण्डै दुई हजार मत अन्तरले अग्रता लिएकी छिन्। पछिल्लो मत परिणाम अनुसार रेखाले ९ हजार ५९५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले ७ हजार ७५३ मत पाएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिका बिशाल अधिकारीले ३ हजार १२२ मत पाएका छन्। शर्माले पोखरेलसँग सुरुदेखि नै अग्रता बनाइरहेकी छन्। उनीहरु बीचको मत अन्तर १ हजार ८४२ छ। हालसम्म यहाँ २३ हजार ५३१ मत गणना भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell