PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कास्की २ मा स्वतन्त्र पार्टीका कंडेलको अग्रता कायमै, पछ्याउँदै एमालेकी विद्या



पहिलोपोस्ट

कास्की २ मा स्वतन्त्र पार्टीका कंडेलको अग्रता कायमै, पछ्याउँदै एमालेकी विद्या

पोखरा : कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेलले अग्रता बनाइरहेका छन्। १५ हजार ८१ मतगणना हुँदा माधवले ४ हजार ७२४ मत ल्याएका छन्।

नेकपा एमालेबाट उम्मेदवार रहेकी विद्या भट्टराईले ४ हजार ३३६ मत ल्याउँदै माधवलाई पछ्याइरहेकी छिन्।

यस्तै, गठबन्धनबाट साझा उम्मेदवार रहेका एकीकृत समाजवादीका श्रिनाथ बरालले २५ सय २ मत पाएका छन्। यसक्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुवर्ण राज पन्तले १५ सय ६६ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell