PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

एमालेको गढमा शेखरको अग्रता, सुजाता झिनो मतले अगाडि



पहिलोपोस्ट

एमालेको गढमा शेखरको अग्रता, सुजाता झिनो मतले अगाडि

विराटनगरः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार मोरङ ६ मा नेपाली काङ्ग्रेसका डा. शेखर कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ५ हजार ८२ पाएका छन्। एमालेको गढ मानिने मोरङको सुन्दरहरैँचा नगरपालिकाको मतगणना भइरहँदा कोइरालाले अग्रता हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबाबु पडितले ४ हजार ४३९ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै प्रदेश सभा १ तर्फ एमालेकी रीता न्यौपानेले ५ हजार १९५ मत ल्याएर अगाडि छिन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जीवन आचार्यले ३ हजार ८७६ मत ल्याएका छन्।

यस्तै, मोरङ २ मा काङ्ग्रेस उम्मेदवार सुजाता कोइरालाले झिनो अग्रता हासिल गरेकी छन्। एमालेका ऋषिकेश पोखरेललाई ३७ मतले पछि पार्दै कोइराला अघि लागेकी हुन्। 

पछिल्लो मतपरिणाम अनुसार कोइरालाले ४ हजार ३७० मत प्राप्त गर्दा एमालेका पोखरेलले ४ हजार ३१३ मत पाएका छन्। 

यस्तै यही क्षेत्रको प्रदेश १ तर्फ माओवादी केन्द्रका गणेश उप्रेती २ हजार ७९८ मतसहित अगाडि छन्। उनलाई एमालेका दानबहादुर कार्कीले २ हजार ४९९ मतसहित पछ्याइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell