
बुटवलः सुरुवाती मतगणनादेखि नै पछि परेका नेकपा (एमाले) का अध्यक्ष एवं रूपन्देही २ का उम्मेदवार विष्णु पौडेलले झिनो अग्रता लिएका छन्। पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १८५ मतले पछाडि पार्दै अग्रता लिएका हुन।
विष्णुले ५ हजार ३११ मत ल्याउँदा स्वतन्त्रका गणेशले ५ हजार १२६ मत ल्याएका छन्। यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ४ हजार ६० मत प्राप्त गरेका छन्।
थालालाई सत्ता गथठबन्धनले साथ दिएको छ।