PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित, गन्न बाँकी मतभन्दा मतान्तर बढी



पहिलोपोस्ट

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित, गन्न बाँकी मतभन्दा मतान्तर बढी

काठमाडौंः मतगणना नसकिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित भएको छ। कूल ४५ हजार ९५८ मत खसकोमा अहिलेसम्म ४१ हजार ६१८ मतगणना भइसकेको छ। 

अब ४ हजार ३४० मत गन्न बाँकी छ। 

तर, गणना सम्पन्न हुनुअघि नै पोखरेल र कांग्रेस उम्मेदवार प्रदीप पौडलबीचको मतान्तर ४ हजार ५९० पुगिसकेको छ। 

पौडेलले १४ हजार ५२ मत पाएका छन्। पोखरेलले ९ हजार ४६२ मत पाएका छन्। 

२०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशसरण महतलाई पराजित गर्दै पोखरेल विजयी भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell