PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

कैलाली ४ मा बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा



पहिलोपोस्ट

कैलाली ४ मा बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा

कैलालीः कैलाली क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरबीच रोचक प्रतिस्पर्धा भइरहेको छ।

हालसम्म २७ हजार मतगणना हुँदा दुबैबीच २१५ मतको अन्तर छ। बलायरले १२ हजार ३८३ मत ल्याउँदा भट्टले १२ हजार १६८ मत पाएका छन्।

यो क्षेत्रको मतगणना सुरु हुँदा बलायर अघि लागेका थिए। तर करिब ५ हजार मत पाउँदा पछि परेका बलायर १० हजार मत पछि भने फेरि मतान्तर बढाउन थालेका छन्।

सुदूरपश्चिमका दुई ‘हेभिवेट’ को प्रतिस्पर्धाले यो क्षेत्रमा सबैको चासो छ। १ लाख १० हजार मतदाता रहेको यहाँ ६४ हजार १५८ मत खसेको थियो।

भट्ट यसै क्षेत्रबाट विगत ३ निर्वाचन लडेर दुईमा विजयी भएका छन्। बलायर पहिलोपटक यो क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell