PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पर्सामा पटेल, चौधरी र कलवार प्रदेश सभा सदस्यमा विजयी



पहिलोपोस्ट

पर्सामा पटेल, चौधरी र कलवार प्रदेश सभा सदस्यमा विजयी

वीरगंजः पर्सामा तीन जना प्रदेश सभा सदस्यमा  निर्वाचित भएका छन्। नेपाली काङ्ग्रेसका दुई र जनता समाजवादी पार्टीका एक गरेर तीन जना विजयी भएका हुन्।

पर्सा निर्वाचन २ (१) बाट एक हजार ६५७ मतान्तरले नेपाली काङ्ग्रेसका श्याम पटेल विजयी भएका छन्। काङ्ग्रेसका पटेलले १३ हजार ७८४ मत प्राप्त गरेका छन्। जसपाका रामनरेश यादवले १२ हजार १२७ मत पाएका छन्।

यादवको यो समेत प्रदेश सभामा लगातार दोस्रो हार हो। २०७४ सालको चुनावमा कांग्रेसकै राजेश्वर साह तेलीसँग १२० मतको झिनो मतान्तरले उनी पराजित भएका थिए।

त्यसैगरी, पर्सा ४ (१) मा कांग्रेसका शंकर चौधरी एक हजार ७१६ मतले विजयी भएका छन्। चौधरीले १२ हजार १५४ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका जयप्रकाश थारूले १० हजार ४३८ मत पाएका छन्।

चौधरीको यो लगातार दोस्रो पटक जित हो।

यसैगरी, पर्सा ४ (२) मा जसपाका सिंहासन साह कलवार १५ हजार ३८५ मत प्राप्त गरी विजयी भएका छन्। कलवारका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानुले १२ हजार ६४१ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell