
काठमाडौंः काठमाडौं २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता बढाउँदै लगेकी छिन्। ३३ हजार ४०० मतगणना हुँदा गौतमले १२ हजार ३७९ मत पाएकी छन्। दोस्रोमा रहेका एमालेका मणिराम फुयालले ९ हजार ३६८ मत पाएका छन्।
फुयालसँग गौतमले तीन हजार ११ मतको अन्तर कायम गरेकी छिन्। काठमाडौं २ मा करिब ५२ हजार मत खसेको छ।
यस्तै, तस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले ८ हजार ५०२ मत पाएकी छिन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले ८ हजार ३६ मत पाएकी छन्। गठबन्धनबाट उम्मेदवार बनेकी घर्ती चौथो स्थानमा रहेकी छिन्।