PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

लेवान्डोस्की पेनाल्टीमा चुक्दा बराबरीमा रोकिए पोल्याण्ड र मेक्सिको, डेनमार्क र ट्युनिसियाको पनि बराबरी



पहिलोपोस्ट

लेवान्डोस्की पेनाल्टीमा चुक्दा बराबरीमा रोकिए पोल्याण्ड र मेक्सिको, डेनमार्क र ट्युनिसियाको पनि बराबरी
Photo: Reuters

फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न समूह 'सी' को खेलमा पोल्याण्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिएका छन्। रास अबोउ अबोउट स्टेडियममा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

खेलम अधिकांश समय मेक्सिकोले पकड जमाए पनि पोल्याण्डका गोलकिपरले मेक्सिकोको प्रहारहरुको उत्कृष्ट बचाउ गरेका थिए। अर्कोतर्फ काउन्टर अट्याकामा केन्द्रीत पोल्याण्डले पेनाल्टीको अवसरलाई समेत सदुपयोग गर्न सकेन। खेलको ५८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा पोल्याण्डका कप्तान रोबर्ट लेवान्डोस्की चुकेका थिए। उनको प्रहार गुइलिरमो ओचोआले सही दिशा पहिचान गर्दै बचाएका थिए।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा डेनमार्क र ट्युनिसिया पनि गोलरहित बराबरीमा रोकिए। एजुकेशन सिटी स्टेडियममा सम्पन्न समूह 'डी' को खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। डेनमार्कले अधिकांश समय खेलमा पकड जमाएर गोलका प्रयासहरु गर्न पनि ट्युनिसियाका गोलकिपर ऐमेन दाहमेनले बनाउ गरे। अर्कोतर्फ वान भर्सेस वानको अवस्थालाई समेत ट्युनिसियाले गोलमा परिणत गर्न सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell