PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

देउवाको सातौँ जित, सागर ढकालले कति मत ल्याए?



पहिलोपोस्ट

देउवाको सातौँ जित, सागर ढकालले कति मत ल्याए?
फाइल फोटो।

कैलाली : डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका हुन्।

देउवाले २५ हजार ५३४ मत पाउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे। कांग्रेस बिपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए। २०४८ सालको आम चुनावमा देउवा डडेल्धुराबाट विजयी भएका थिए। त्यसपश्चात् २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा उनी डडेल्धुराबाट जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell