
वीरगंज : पर्सा ४ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका रिजालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँलाई फराकिलो मतान्तरका साथ पराजित गरेका हुन्।
रिजालले ३१ हजार १ सय ४२ मत प्राप्त गरेका छन् भने मियाँले २५ हजार ६ सय १२ मत प्राप्त गरेका छन्। मियाँभन्दा रिजालले ५ हजार ५ सय २७ मत बढि ल्याएका हुन्।
कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रिजाल २०७४ को चुनावमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए। राजपाका कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गर्दा रिजालले १४ हजार ७ सय २ मत मात्र प्राप्त गरेका थिए।
निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ ले उपलब्ध गराएको तथ्यांकका अनुसार खसेको कुल ६२ हजार ४ सय ९६ मत गणना गर्दा २ हजार ५ सय २८ मत बदर भएको थियो।