PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अछाम १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी



रासस

अछाम १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी
फाइल फोटो।

अछाम : अछाम क्षेत्र नम्बर १ मा लोकतान्त्रिक-वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन्।

नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

अछाम क्षेत्र नम्बर १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरे। त्यसैगरी, नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत प्राप्त गरे।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ४१ हजार तीन सय ९२ मतगणना हुँदा एक हजार नौ सय ७७ मत बदर भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell