PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

मधेश प्रदेशका मुख्यमन्त्री राउत पुनः विजयी



पहिलोपोस्ट

मधेश प्रदेशका मुख्यमन्त्री राउत पुनः विजयी

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी पुनः निर्वाचित भएका छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका राउत ७ हजार ५ सय ४५ मत ल्याएर पुनः विजयी भएका हुन्।

बुधवार बिहान पर्सा निर्वाचन क्षेत्र नम्बर १ (२)को मतगणनाको अन्तिम परिणाम अनुसार राउत आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई १३ सय ३३ मतको अन्तरले पराजित गर्दै राउन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन्। कुर्मी पछाडि २ हजार ८ सय ४१ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय प्रसाद झा तेस्रो स्थानमा रहेका छन् भने हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफ २ हजार २९ मत ल्याएर चौथो स्थानमा रहेका छन्।

त्यस्तै, स्वतन्त्रबाट उम्मेदवारी दिएका शशी कपुर मियाँले १ हजार ८० मत प्राप्त गरेर पाँचौ स्थानमा रहेका छन्। राउत यसअघि पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मधेश प्रदेशका मुख्यमन्त्री बनेका थिए। २०७४ को निर्वाचनमा राउतले ९ हजार ८ सय ४ मत प्राप्त गरेर नेपाली कांग्रेसका विजय सर्राफलाई पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell