PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

सुर्खेत २ मा कांग्रेसका थानीको 'ह्याट्रिक' जित, १ मा उपसभापति खड्काको अग्रता



पहिलोपोस्ट

सुर्खेत २ मा कांग्रेसका थानीको 'ह्याट्रिक' जित, १ मा उपसभापति खड्काको अग्रता

काठमाडौं : सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी निर्वाचित भएका छन्। थानी ३४ हजार छ सय २५ मत ल्याएर विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरे। एमालेका जिल्ला अध्यक्षसमेत रहेका अमृतबहादुर बुढाक्षेत्रीलाई थानीले पाँच हजार ६७ मतान्तरले पराजित गरेका हुन्।

थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन्। विसं २०७४ मा एमालेका नवराज रावतसँग थानी पराजित भएका थिए। रावतले ३७ हजार चार सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार छ सय ४६ मत प्राप्त गरेका थिए। थानी यसअघि विसं २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित भइ सहकारी तथा गरिबी निवारणमन्त्री भइसकेका छन्।

सुर्खेत १ मा कांग्रेस उपसभापति खड्काको सुरुआती अग्रता

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा सुरुआती अग्रता लिएका छन्। सुर्खेत–१ मा मङ्गलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन हजार दुई सय ३८ मतगणना हुँदा खड्काले एक हजार सात सय ७२ मत प्राप्त गरेका छन्। यस्तै नेकपा (एमाले)का ध्रुवकुमार शाहीले एक हजार तीन सय ५५ मत प्राप्त गरेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell