
इन्द्रावती : सिन्धुपाल्चोक क्षेत्र १ को प्रदेश क बाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारी निर्वाचित भएकी छिन्। मसिनाले १४ हजार ५७ मत पाउँदै प्रदेशको यात्रा तय गरेकी हुन्।
उनका निकटतम प्रतिद्वन्दी एमालेका युद्दविक्रम लामाले १३ हजार २२५ मत पाए। मसिना सिन्धुपाल्चोक कांग्रेसबाट वागमती प्रदेशमा इन्ट्री गर्ने पहिलो महिला प्रतिनिधि बनेकी छिन्। व्यवसायिक पृष्ठभूमिकी खड्का कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत निकट नेतृ हुन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका उम्मेदवार निर्वाचित भएको थियो।