PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पर्सा १ (क) मा माओवादी केन्द्रका रहबर अन्सारी विजयी



पहिलोपोस्ट

पर्सा १ (क) मा माओवादी केन्द्रका रहबर अन्सारी विजयी

वीरगंज : पर्सा क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का रहबर अन्सारी विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतले प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विचारी यादवलले ५ हजार ५ सय १८ मत पाएका छन्। अन्सारी र यादवबिचको मतान्तर २ हजार २ सय ९९ रहेको छ। स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी भने ५ हजार २ सय ८६ मत र अर्का स्वतन्त्र उम्मेदवार सुधीर पटेलले ४ हजार ५४ मत पाएका छन्। 

२०७४ को निर्वाचनमा पर्सा १ (क) को प्रदेशसभा सदस्यमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका जन्नत अन्सारी ८ हजार ५ सय ९३ मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामनारायण कुर्मीले ७ हजार १ सय ७१ मत पाएका थिए। माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी भने ६ हजार ७ सय ९४ मतका साथ तेस्रो भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell