काठमाडौं : काठमाडौं–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी 'राजन' निर्वाचित भएका छन्। निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार केसी १४ हजार चार सय ५८ मतसहित निर्वाचित भएका हुन्।
प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन्। यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ। एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो।