PahiloPost

Jan 23, 2026 | १० माघ २०८२

२७ वर्षे सोविताको पहिलो प्रयासमै संसदमा ‘इन्ट्री’ : सरकारमा जाने नजानेबारे छलफल गरेर निर्णय गर्छौँ

२७ वर्षे सोविताको पहिलो प्रयासमै संसदमा ‘इन्ट्री’ : सरकारमा जाने नजानेबारे छलफल गरेर निर्णय गर्छौँ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी काठमाडौं २ की प्रतिनिधिसभाकी उम्मेदवार सोविता गौतमले संसदमा इन्ट्री मारेकी छिन्। उनले पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार ओनसरी घर्ती र नेकपा (एमाले)का उम्मेदवार मणिराम फुयाललाई पराजित गरिन्।

२७ वर्षकी सोविताले पहिलै पटकमै संसदमा डेब्यू गरेकी हुन्। उनले १५ हजार २२९ मत ल्याइन्। पत्रकारिता र कानुनको पृष्ठभूमिबाट आएकी सोविताले एमालेको गढमा जित निकालिन्।

काठमाडौं १ मा पूर्व पत्रकार तथा राप्रपाका नेता रबिन्द्र मिश्र २ पटक पराजित भइसके। जितपछि सोबिताले सरकारमा जाने नजानेबारेमा पार्टीमा छलफल गरेर निर्णय हुने बताइन।

‘धेरै सिट प्राप्त गर्छौँ भन्नेमा आशावादी छौँ। सरकारमा जाने नजाने भन्नेबारे छलफल गरेर निर्णय गर्छौं,’ उनले भनिन्।

मतदाताको नजिकमा रहेर सदनमा जनताका विषय उठाउने गौतमको भनाइ छ। आफ्ना प्रतिवद्धता पूरा गर्ने वाता उनले दोहोर्‍याइन्।



ट्रेन्डिङ पोस्ट

Ncell