PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित काठमाडौंका ३ क्षेत्रमा गठबन्धनका उम्मेदवार कोही तेस्रो, कोही बने चौथो



पहिलोपोस्ट

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित काठमाडौंका ३ क्षेत्रमा गठबन्धनका उम्मेदवार कोही तेस्रो, कोही बने चौथो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ३ क्षेत्रमा जित निकालेको छ। पार्टी निर्माणको छोटो समयमै सत्ता गठबन्धनबाट बलिया उम्मेदवारहरु रहेको यस क्षेत्रमा रास्वपले आश्चर्यजनक जित निकालेको हो।

काठमाडौं २ मा सत्ता गठबन्धनबाट माओवादीकी ओनसरी घर्ती चुनावी मैदानमा थिइन्। पूर्व सभामुखसमेत रहेकी उनलाई रास्वपाकी सोविता गौतमले हराएकी छन्।

सोबिताको निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयाल बन्दा ओनसरी चौथो बन्न पुगिन्। सोविताले १५ हजार दुई सय २९ मत पाउँदा मणिरामले ११ हजार ५५५ मत प्राप्त गरे। ओनसरीले ९ हजार ४४८ मत पाउँदा राप्रपाकी कुन्ती पोखरेलले उनको भन्दा बढी ११ हजार १४ मत पाइन्।

यसैगरी काठमाडौं ७ मा सत्ता गठबन्धनबाट पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पुत्री मानुषी यमी चुनावी मैदानमा थिइन्। जनता समाजवादी पार्टीबाट चोइटिएर नेपाल समाजवादी पार्टी गठन गरेका बाबुरामले चुनावको संघारमा आफ्नी पुत्री यमीलाई गठबन्धनमा भित्र्याएर काठमाडौं ७ बाट निर्वाचन भिडाएकी थिइन्। यस क्षेत्रमा रास्वपका गणेश पराजुली निर्वाचित भएका छन्।

यहाँ गणेशले ८ हजार ७४३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी बने एमालेका श्यामकुमार घिमिरे। घिमिरेले ६ हजार ८०० मत पाउँदा मानुषी ६ हजार ०६३ मतमात्र पाइन्।

यसैगरी काठमाडौं ८ मा गठबन्धनबाट एकीकृत समाजवादीका नेता एवं पर्यटनमन्त्री जीवनराम श्रेष्ठ उम्मेदवार थिए। एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादीमा आएपछि मन्त्री बनेका राजेन्द्रलाई रास्वपका विराजभक्त महर्जनले पराजित गरिदिएका छन्। विराजभक्तले १० हजार १०५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी बने सुमन सायमी। सुमनले ६ हजार १७४ मत पाउँदा मन्त्री जीवनरामले ४ हजार ८७७ मतमै चित्त बुझाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell