PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हार निश्चित भएपछि मतदाताप्रति हिमेश पन्तको अपमानजनक टिप्पणी, 'मान्छेको चेतना स्तरमा अझै सुधार आएको छैन'



पहिलोपोस्ट

हार निश्चित भएपछि मतदाताप्रति हिमेश पन्तको अपमानजनक टिप्पणी, 'मान्छेको चेतना स्तरमा अझै सुधार आएको छैन'

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत आउने क्रम जारी छ। धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका कमेडियन हिमेश पन्तको  हार निश्चित छ।

पछिल्लो मतगणना परिणाम अनुसार हिमेश तेस्रो स्थानमा छन्। जहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डे पहिलो स्थानमा छन्। पाण्डेले १३ हजार ६०८ पाउँदा दोस्रो स्थानमा रहेका त्रिपाठीले भने १२ हजार ६२८ मत ल्याएका छन्। त्यसैगरि, हिमेशले भने ४ हजार ४ हजार ४४३ मत पाएका छन्।

कम भोट आएसँगै हिमेशले धादिङका मतदाताहरुप्रति अपमानजनक टिप्पणी गरेका छन्। उनले मतदाताहरुको चेतनास्तरमा सुधार आउन नसकेको भन्दै कम भोट पाएको भनि आक्रोश पोखेका छन्।

‘धादिङ क्षेत्र नं १ मा ५ वटा गाउँपालिका र १ वटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएता पनि पहाड, गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन। हामी प्रचार-प्रसारमा हिँड्दै गर्दा जस्ले दिन्छ नोट, उसैलाई भोट भनेको पनि धेरै सुनियो। कतिले त भोट चाहिए रक्सी खुवाउनुस् सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुँदै हैन,’ उनले लेखेका छन्।

त्यसैगरि, उनले आफूले बिना पैसा र संगठन नै मत पाएको समेत उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘म यत्ति भन्न सक्छु हामीले ल्याउँदै गरेको भोट मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर-धम्कीबाट आएको भोट हैन। बिना-संगठन, बिना गठबन्धन, बिना पैसा, बिना अनुभव मुख्यमन्त्री राजेन्द्र पाण्डेसॅग भिड्ने दम कुनै युवामा थियो? सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell