PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

साउदी अरेबियामा आज सार्वजनिक विदा, अर्जेन्टिनालाई हराएको खुशी सेयर कारोवार पनि बन्द



पहिलोपोस्ट

साउदी अरेबियामा आज सार्वजनिक विदा, अर्जेन्टिनालाई हराएको खुशी सेयर कारोवार पनि बन्द
Photo : FIFA

साउदी अरेबियामा आज सरकार सार्वजनिक विदा दिइएको छ। विश्वकप फुटबल अन्तर्गत हिजो भएको खेलमा साउदीले अर्जेन्टिनालाई पराजित गरेपछि विदा दिइएको हो।

साउदीले हिजो अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको थियो। साउदीका राजकुमार मोहम्मद बिन सलमानको सुझावमा राजा सलमानले विदा दिने निर्णय गरेका हुन्।

साउदीको प्रेस एजेन्सीका अनुसार  आज सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने कर्मचारी र शैक्षिक संस्थामा विदा दिइएको हो। आज तय भएको परीक्षणसमेत रद्द गरेर डिसेम्बर ७ का लागि तोकिएको छ।

साउदीको स्टक एक्सचेन्ज तडउलले पनि आज कारोवार बन्द गर्ने निर्णय गरेको छ।

समूह 'सी'मा रहेको साउदीले शनिवार पोल्यान्डसँग र डिसेम्बर १ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell