PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

सात वर्षीया बालिकालाई करणी गरेको अभियोगमा भक्तपुरबाट एक किशोर समातिए



पहिलोपोस्ट

सात वर्षीया बालिकालाई करणी गरेको अभियोगमा भक्तपुरबाट एक किशोर समातिए

काठमाडौंः सात वर्षा बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell