PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

महेश बर्तौलाको अग्रता कायमै, विरोध खतिवडा पछ्याउँदै



पहिलोपोस्ट

महेश बर्तौलाको अग्रता कायमै, विरोध खतिवडा पछ्याउँदै

हेटौंडा : मकवानपुर-२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाको अग्रता कायम रहेको छ।

हालसम्म ४३ हजार २३२ मतगणना हुँदा बर्तौला १७ हजार २५५ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले १५ हजार ३४८ मत प्राप्त गरेका छन्।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनालीले १ हजार १०९ मत प्राप्त गरेका छन्।

८६ हजार ६५२ मत खसेको उक्त क्षेत्रमा अझै ४३ हजार ४२० मत गणना हुन बाँकी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell