
काठमाडौं : पर्साको क्षेत्र नम्बर ३ (ख) मा नेपाली कांग्रेसका पर्सा सभापति जनार्दनसिंह क्षेत्री विजयी भएका छन्। क्षेत्री १० हजार १७२ मतका साथ प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) की डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतान्तरले पराजित गर्दै क्षेत्री निर्वाचित भएका हुन्। गुप्ताले ७ हजार ४ सय ९६ मत ल्याएकी छिन्।
निवर्तमान प्रदेशसभा सदस्य नेकपा एकिकृत समाजवादी पार्टीका प्रह्लाद गिरी गोस्वामीले ६ हजार ५०३ मत प्राप्त गरेका छन्।
यसअघि २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा क्षेत्रीलाई नै ९५ मतले पराजित गर्दै गिरी विजयी भएका थिए। अहिले क्षेत्रीले गिरीसँग जितेर सो हारको बदला लिएका छन्। गिरी यसपटकको निर्वाचनमा भने तेस्रो स्थानमा छन्।