PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

अर्घाखाँची १ 'क' बाट एमालेका चेतनारायण आचार्य विजयी



पहिलोपोस्ट

अर्घाखाँची १ 'क' बाट एमालेका चेतनारायण आचार्य विजयी

बुटवल : अर्घाखाँची क्षेत्र १ (क) मा नेकपा एमालेका उम्मेदवार चेतनाराण आचार्य विजयी भएका छन्। आचार्य २० हजार ५१८ मत प्राप्त गरेर प्रदेशसभा सांसद बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसी (क्षेत्री) ले १९ हजार ७७८ मत प्राप्त गरेका छन्।

यसैगरि, एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचमिा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै छ। गठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल भन्दा एमालेका रायमाझी २ हजार ६३ मतले अगाडि छन्। रायमाझीले २३ हजार ७२७ प्राप्त गरेका छन् भने भुसालले २१ हजार ६६४ मत प्राप्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell